जाजरकोटमा सञ्चार सेवा बन्द

जाजरकोट, २६ माघ । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोटको छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही समय लाग्ने टेलिकम जाजरकोटले जनाएको छ । सल्लाभीरमा टावर हेर्नका लागि कुनै पनि व्यवस्था नहुँदा पटकपटक समस्या आउने गरेको छ । नयाँ निर्माण गर्ने भनिएका टावर समयमै सम्पन्न नहुँदा अर्को समस्या हुँदै आएको हो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पनि सञ्चार सेवा अवरुद्ध भएको छ । रुकुम–पश्चिमको घेत्मा रहेको टावरलाई सल्लाभीरकै टावरले सिग्नल दिने भएकाले त्यहाँ अवरुद्ध भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका