सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, २६ माघ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाले दायर गरेको संवैधानिक निकायका पदाधिकारी नियुक्ति बदरको मागसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सापकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत ११ वटा आयोगमा नियुक्त भएकालाई काम गर्नबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको काम कारबाही रोक्न अस्वीकार गरेको हो । सर्वोच्चले अन्तरिम आदेशमार्फत काम रोक्न अस्वीकार गरेसँगै संवैधानिक निकायमा नियुक्त भएका सबैलाई काम गर्न सहज बाटो खुलेको छ ।

सापकोटाले दिएको रिटको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश ढुंगानाको एकल इजलासले नियुक्त गर्नुको कारण देखाउ आदेश जारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी