खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुर, २५ माघ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीले स्तम्भ नम्बर ७८३/२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई १७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नंको मोटरसाइकल, नगद रकम रु चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरीले जनाएको छ ।

 लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)