भगिनी सम्बन्ध तीव्र विस्तार गर्दै स्थानीय सरकार

काठमाडौँ, २५ माघ । स्थानीय  सरकार  (गाउँपालिका/नगरपालिका)ले  विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन  थालेको  अढाई  दशकभन्दा  बढी  भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । 

हालसम्म  २०  स्थानीय  तहले  चार  दर्जनभन्दा  बढी  विदेशी  स्थानीय  सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन्  ।  त्यसमध्ये  काठमाडौँ  महानगरले  मात्रै  १७  वटा  समकक्षीसँग  सम्बन्ध कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय  वा  मन्त्रालयसँग  यसको  यकिन  आँकडा पाइँदैन ।

स्थानीय  तहलाई  परिपत्र  गरे  पनि  जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय  विकास मन्त्रालयले  जनाएको  छ  ।  सरकारको  पूर्वस्वीकृति  लिएर  विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र  मन्त्रालयलाई  जानकारीसम्म  पनि  नआउने गरेका  कारण  यससम्बन्धी  कार्यविधि  बनाउन  थालिएको  सो  मन्त्रालयका  उपसचिव  प्रह्लाद कार्कीले  जानकारी दिए । 

मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ । दुईपक्षीय सहयोग र  अनुभव आदानप्रदान  तथा  नागरिक  कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न  थालिएको  हो  तर यस्तो  सहयोग  आदानप्रदान सीमित हुने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)