कोटेश्वर व्यवसायी संघको अध्यक्षमा ‘बि फाइभ’का विकाश श्रेष्ठ

काठमाडौँ, २४ माघ । कोटेश्वरमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका करीव सात सय व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघको शनिबार सम्पन्न नवौं अधिवेशन तथा १५ औं साधारण सभाले ‘बि फाइभ फेशन वेयर’ का सञ्चालक विकाश श्रेष्ठलाई आगामी दुई वर्षका लागि सर्वसम्मत अध्यक्षमा चुनेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ यसअघिका दुई कार्यकाल सो संघको उपाध्यक्ष थिए ।

संघको नवनिर्वाचित २३ सदस्यीय अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा गोरखबहादुर थापा, महासचिवमा निलप्रसाद घिमिरे, सचिवमा अर्जुन बस्नेत र कोषाध्यक्षमा पद्म प्रसाद पौडेल निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा पवित्रा प्रसाई, मिरा विष्ट, महेश्वर प्रसाद श्रेष्ठ,सरला निरौला (सम्झना), रमेश कुमार राय, पार्वती गौतम, मान बहादुर साउद, भास्कर भट्टराई, हरिप्रसाद ढकाल, विष्णु चौलागाई, घनेन्द्र विष्ट, नानु रायमाझी, सुरेश बानियाँ, कमला न्यौपाने, दिवाकर पौडेल, प्रकाश बहादुर ढुंगाना, सुशिला राई र एकता केसी निर्वाचित भएका छन् । उनीहरुले आजैदेखि पदको जिम्मेवारी दिइएको थियो ।

यसअघि उक्त अधिवेशनको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले उद्घाटन गर्दै संघले सदस्य व्यवसायीको हकहीतको लागि गरेको कार्यको प्रशंसा गर्नु्का साथै महानगरबाट संघलाई आवश्यक पर्ने सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरीन् ।

संघका निर्वतमान अध्यक्ष सरोजकुमार थापाले लकडाउन अवधिभर सरकारले फुटपाथे व्यापारीलाई व्यवसाय गर्न अनुमति दिएतापनि शटर भाडामा लिएर सरकारलाई कर तिर्ने व्यवसायीलाई भने हेंला गरेको गुनासो गरे । कोटेश्वरका व्यवसायी, ग्राहक र सर्वसाधारणको लागि पार्किङ्गको समस्या रहेको पनि उनले बताए । जुनसुकै राजनैतिक परिवर्तन भएतापनि आर्थिक परिवर्तन हुन सकेन भने मुलुकको विकास नहुने थापाले बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका ३२ नंका वडा सदस्य राजेन्द्रप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए भने संघका महासचिव गोरख बहादुर थापाले संघको नीति तथा कार्यक्रम र कोषाध्यक्ष अर्जुन बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि

काठमाडौँ, १० साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको

काठमाडौँ, १० साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च