गर्भवतीकोे हेलिकप्टरद्वारा उद्धार

काठमाडौँ, २४ माघ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ । सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए । 

तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि उद्धार गरिएको पाइजाको भनाइ छ । बडीगाड गाउँपालिका–५ धैरेनी निवासी २४ वर्षीया शान्ता घिमिरेलाई बुर्तिवाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी पोखरा पठाइएको अध्यक्ष पाइजाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा