माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु

कैलाली, २४ माघ । माटोको ढिस्कोले पुरिएर कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा तीन जनाको मृत्यु भएएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान घर लिपपोतका लागि माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक, २० वर्षकी भावना ओड र ३१ वर्षकी गंगा जैगडीको माटोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै माटोले पुरेका काजल विक र अञ्जु जैगडी घाइते भएका छन् । उनीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)