मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु

दाङ, २४ माघ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा६प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण- ५ लौबस्तामा ठक्कर दिदा दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । थापाले मोटरसाइकल चलाएका थिए भने खड्का पछाडि सवार थिए । सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन् । उनको पनि कोहलपुरमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले