पोखरामा गोली चल्यो

कास्की, २४ माघ । पोखरामा शुक्रबार साँझ गोली चल्दा एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा-१४ महतगौंडामा अपरिचित व्यक्तिकाे गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् । पर्वत स्थायी घर बताउने विक बिजुली सम्बन्धी काम गर्दथे । घटनास्थललाई अहिले सिल गरी सुरक्षा कडा गरिएको छ ।

गोली लागी घाइते भएका विकको अस्पतालमा उपचार भइरहेको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्