७ जना जुवाडे पक्राउ

दाङ, २३ माघ । दाङबाट सात जना जुवाडेलाई प्रहरिले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर   रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)