छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर, २३ माघ । जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक यादव सो पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका