प्रम ओलीको समर्थनमा काठमाडौँका १६ स्थानबाट निस्किँदैछन् जुलुस

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट जुलुस एकीकृत गर्ने भएको छ ।

स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार बिहान ११ बजेदेखि १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ । दरबारमार्गमा आमसभा रहेकाले त्यहाँ सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको महाशाखा प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालन हुने नेता बस्नेतले बताए । १६ वटै ठाउँबाट आउने जुलुस दरबारमार्गको चार लेन सडकमा बस्ने छ । आमसभाका मुख्य वक्ता प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन्। आज बागबजारबाट सबै सम्पर्क मञ्चका सहभागीहरूको जुलुस निस्किन्छ ।

प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनका कार्यकर्ताहरूको जुलुस निस्किन्छ । त्यस्तै महेन्द्र शालिकपूर्वबाट जनजाति महासंघ घटकका संगठनहरूको जुलुस निस्किन्छ ।

यस्तै, घन्टाघरबाट मुस्लिम समुदायका सहभागीहरूको जुलुस निस्किन्छ । नेपाल एयरलाइन्सको कार्यालय अगाडि ललितपुर जिल्लाको, त्रिपुरेश्वरमा चितवन, धादिङ र सोही बाटो भएर आएने सबै सहभागीहरूको जुलुस छ । गौशालामा भक्तपुर, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली जिल्लाबाट आउनेको जुलुस, पुतलीसडकमा सबै जनवर्गीय संगठनको, लैनचौरमा नुवाकोट र रसुवा जिल्ला, सोह्रखुट्टै नयाँ रोडमा मकवानपुर भीमफेदीको बाटोबाट आउनेको जुलुस छ ।

यसैगरी, टेकुबाट काठमाडौं क्षेत्र नम्बर ९ र १०, वसन्तपुरमा क्षेत्र नम्बर ८, सोह्रखुट्टेमा क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरमा क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरमा क्षेत्र नम्बर १ र २ को जुलुस निस्किनेछ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले