छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ, २३ माघ । सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडानम्बर ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दीदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका मोटरसाइकल चालक कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरीलाई उपचारका लागि घोपा क्याम्प धरान लागिएकोमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यस्तै, सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरस्थित नेपाल-भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सबार सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका छोरा २३ वर्षीय रुपेश राय घाइते भएका छन् । गम्भीर घाइते भएकी इन्द्रासनदेवीलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका