प्रचण्ड आफैंले एमसीसीविरुद्धको नारा लगाउन रोकेपछि हैसियत प्रष्ट भयोः मुख्यमन्त्री पोखरेल

shankar-pokharel

काठमाडौँ, २३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले सडकमा एमसीसीको विरुद्धमा लगाइएको नारालाई रोक्न आदेश दिएपछि उहाँको हैसियत र नियती के हो भनि प्रष्ट भएको बताउनुभएको छ ।

प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको समूहले हिजो गरेको आम नेपाल हड्तालको क्रममा उहाँहरुको कार्यकर्ताले एमसीसीको विरुद्धमा लगाइएको नारा रोक्न लगाउनुभएको थियो । आम हड्ताललाई सफल बनाउन आफै सडकमा गएको समयमा उहाँहरुको कार्यकर्ताले एमसीसीको विरोध गरेका थिए । तर प्रचण्डले उक्त विरोध रोक्नुभएको थियो ।

सोही प्रशंगलाई जोड्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएको आरोपपत्र राजनीतिक स्टण्डमात्र भएको आफैं प्रचण्डले नै प्रमाणीत गर्नुभएको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टण्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैले रोकेवाट पुष्टि भएन र ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख