आजको मौसम

काठमाडौँ, २३ माघ । प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ ।

प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको छ । आज काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा  क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ  ।

पश्चिमका क्षेत्रबाट भने भोलि प्रणाली हट्ने अनुमान गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा