भाइरल अर्जुन विक बलात्कार आरोपमा पक्राउ

काठमाडौँ, १३ माघ । छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ जबरजस्ती करणी मुद्दामा परेका छन् ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी)लाई अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा उनलाई काठमाडौंको तीनकुनेबाट गत माघ ८ गते पक्राउ गरेको हो ।

उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए। गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए । त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन् ।

उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको र खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी  आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्