काठमाडौँ, १२ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको हो ।
तराईमा अहिले बाक्लो हुस्सु रहेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा साँझसम्म नै रहने छ ।