काठमाडौँ, ११ माघ । त्रिभुवन विमानस्थल अगाडि बसले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्री घाइते भएका छन ।
बा५ख ४९५९ नम्बरको बसको ठक्करबाट रुकुमपश्चिम घर भएका चन्द्र बहादुर पुनमगर घाइते भएका छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।
उनी बोल्न सक्ने अवस्थामा छैनन् । बस चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।