वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ: मन्त्री ज्ञवाली

गुल्मी, ११ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको समेत बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन् ।’

वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

उहाँले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन ।’

प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताउनुभयो । उहाँले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी गर्नुभयो ।

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० फागुन । म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीलगायत

एजेन्सी, १८ फागुन । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको

एजेन्सी, १८ फागुन । भारतको २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।  १० दिनअघिसम्म यस्ता १२२ जिल्ला

एजेन्सी, १८ फागुन । बेलायतलमा कोरोनाविरुद्धको खोपले कोरोनाबाट बिरामी हुने दर कारण ८० प्रतिशतभन्दा धेरै घटेको पाइएको छ । बेलायतमा खोप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021