काठमाडौँ, ११ माघ । काठमाडौँमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
कलंकी खसीबजार सडकखण्डमा गएराति ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेपछि उनलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै, गएराति साढे ९ बजे कलंकी–खसीबजार सडकखण्डमा नै को १ ख ५००४ नम्बरको टिप्पर चालक पक्राउ गरेका छन् । चालक मकवानपुरका कुलबहादुर घलानले पनि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका थिए ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।