वाई स्यालको नयाँ नेता घनश्याम भुषाललाई साइबर सेनाले पुरानो घर फर्काउँछन् : नेता बस्नेत

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई स्यालको नयाँ नेता घनश्याम भुषाललाई साइवर सेनाले आफ्नो पुरानो घर फर्काउने बताउनुभएको छ । नेता भुषालले हिजो एक सार्वजनिक कार्यक्रममा पछिल्लो समय साइसर सेनाको रुपमा सक्रिय रहेका युवाहरुलाई स्यालको रुपमा तुलना गर्नुभएको थियो । सोही प्रशंगलाई लक्षित गर्दै नेता बस्नेतले साइवर सेना स्याल नभई सिंहको रुपमा रहेको बताउनुभयो ।

आज राष्ट्रिय युवा संघ नेपाल पाल्पा तथा नेकपा तानसेन नगरकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले लोकतन्त्र मान्नेले जनातामा जान नमान्नुको कारण के हो ? भनि प्रश्न गर्दै नेता बस्नेतले प्रचण्ड मान्छे काट्ने अभियानबाट अब कुरा काट्ने अभियानमा रहेको स्पष्ट पार्नुभयो । विकसित सूचना प्रविधिको प्रयोग युवाहरुले गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले साइवर सेना कुनै स्याल नभई मुलुक र परिस्थिती अनुसारको सिंह भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साईवर सेना हतियार वोक्ने सेना होइनन्, हिजो तमाम क्रान्तिकारी योद्धाहरुलाई अपराधि कर्ममा लगाएर ती युवाहरुलाई स्याल बनाएर रजाँई गर्ने प्रचण्डलाई तह लगाउने बौद्धिक तथा प्राविधक सेना हुन् । युवाहरु साइवर स्याल हैन, साईवर सिंह हुन् ।’

नेपालको इतिहासमा ठूला ठूला भ्रष्टाचारको प्रकरणका रुपमा रहेका वाइडबडी खरिद, बालुवाटारको जग्गा, लडाकु समायोजन प्रकरणका मुख्य मुख्य नेतृत्वहरुको नाम सार्वजनिक गर्नुभएको छ ।

लुक र जनताको विरुद्धमा महाअपराधीहरुलाई जेल हाल्ने कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले वालुवाटार, वाईडबडी, लडाकु सेना समायोजनलगायतका मुलुकको हित विपरित भएका ठूला ठूला भ्रष्टाचारका काण्डहरुको छानविन गरि कारवाहीको प्रकृया अगाडी बढाइरहेको उल्लेख गर्दै उक्त काण्डका नेतृत्वहरु अब अध्यारो कोठाको यात्रा तय हुने समेत चेतावनी दिनुभयो ।

वाईडबडी प्रकरणमा शेरवहादुर देउवादेखी भिम रावलसम्मका मान्छेहरुको संलग्नता रहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले बालुवाटार प्रकरण गंभिर रुपमा छानविन भइरहेको जानकारी गराउनुभयो । वालुवाटारको जग्गा प्रकरणमा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमुख्य सचिव लिलामणी पौडेल, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार लगायतका नेताहरुको संलग्नता रहेको दावी गर्नुभयो ।

त्यस्तै लडाकु समायोजन, एनसिएल प्रकरण, मेलम्ची आयोजनको भ्रष्टाचारलगायतका प्रकरणहरुमा पुष्पकमल दाहाल प्रचण्ड, उहाँकी बुहारी विना मगरलगायतका नेताहरु पर्ने बताउनुभयो । लडाकु सामायोजक प्रकरणमा मुख्य संलग्नता प्रचण्डको रहेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको प्रकृयामा समेत रहेको छ । वाईडबडी, लडाकु समायोजन, बालुवाटारलगायतका ठूला ठूला भ्रष्टाचार तथा राष्ट्रिय हित विपरित गरिएका गतिविधिलाई ढाक छोप तथा आफु दोषबाट उम्कीनको लागि माधव–प्रचण्डले केपी ओलीलाई भ्रष्टाचारी भनेर स्याल हुँइया गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले वालुवाटार, वाईडबडी, लडाकु सेना समायोजनलगायतका मुलुकको हित विपरित भएका ठूला ठूला भ्रष्टाचारका काण्डहरुको छानविन गरि कारवाहीको प्रकृया अगाडी बढाउँदै हुनुहुन्छ । छानविन पछि उक्त ठूला ठूला काण्डका नेतृत्वहरु अब अध्यारो कोठाको यात्रा तय हुने छन् । वाईडबडी प्रकरणमा शेरवहादुर देउवादेखी भिम रावलसम्मका मान्छेहरुको संलग्नता रहेको छ । त्यस्तै वालुवाटारको जग्गा प्रकरणमा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमुख्य सचिव लिलामणी पौडेल, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार लगायतका नेताहरुको संलग्नता रहेको छ । त्यस्तै लडाकु समायोजन, एनसिएल प्रकरण, मेलम्ची आयोजनको भ्रष्टाचारलगायतका प्रकरणहरुमा पुष्पकमल दाहाल प्रचण्ड, उहाँकी बुहारी विना मगरलगायतका नेताहरु संलग्नता रहेको छ । वाईडबडी, लडाकु समायोजन, बालुवाटारलगायतका ठूला ठूला भ्रष्टाचार तथा राष्ट्रिय हित विपरित गरिएका गतिविधिलाई ढाक छोप तथा आफु दोषबाट उम्कीनको लागि माधव–प्रचण्डले केपी ओलीलाई भ्रष्टाचारी भनेर स्याल हुँइया गरिरहेका छन् । अब छानविन पछि दुधको दुध पानीको पानी छुट्टीनेछ । त्यसपछि दोषी उम्कन पाउने छैन ।’

प्रचण्डद्वारा सञ्चालित मिडियाले प्रयोजित रुपमा तीन वटै तहकार सरकार विरुद्ध भ्रम फैलाएको उल्लेख गर्दै नेता बस्नेतले नेपाली युवा विद्यार्थीमा उक्त भ्रम नरहेको स्पष्ट पार्नुभयो । स्वार्थी व्यक्तिमा मात्र उक्त भ्रम रहेको उहाँले बताउनुभयो ।

विकास र समृद्धिको यात्रामा प्रधानमन्त्री ओलीले आम नेपालीको भावना अनुसार नेतृत्व गरिरहनुभएको उल्लेख गर्दै नेता बस्नेतले नेपाली इतिहासमा पृथ्वी नारायण शाह तथा नेकपामा पुष्पलाल, मदन भण्डारी पछि केपी ओलीको ऐतिहासिक व्यक्तिको रुपमा स्थापीत राजनेता हुनुभएको दावी गर्नुभयो । नेपाली राष्ट्रियता र स्वाभिमान कुनै भन्दा सानो नभएको स्पष्ट पार्दै नेता बस्नेतले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै गुमेको भूमि फिर्ता ल्याउने प्रकृया अगाडी बढाएको समेत सविस्तार प्रस्तुत गर्नुभयो ।

प्रचण्ड–माधव सक्किने बाटोमा अगाडी बढेको उल्लेख गर्दै प्रचण्ड–माधव नेपालको कम्युनिष्ट आन्दोलनलाई लुलो र धुलो बनाउने कलंकित व्यक्तिको रुपमा स्थापीत भएको आक्रोस जनाउनुभयो । प्रचण्ड माधवको नेतृत्वमा पार्टी तथा मुलुकलाई लुलो र धुलो भएको पार्टीलाई मजबुद र प्रभावकारी बनाउने व्यक्ति केपी ओली गर्नुभएको उल्लेख गर्दै नेता बस्नेतले सत्ताको लोभी, भ्रष्टाचारी, माफिया, दलाल, आंतककारी लगायतलाई मुलुक जिम्मा नभई जनताको निर्णयलाई मान्नको लागि संसदको विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको स्पष्ट पार्नुभयो । नेता बस्नेत भन्छन प्रधानमन्त्री सेटिङ्गमा होईन सत्यमा हिड्नु भएको बताउनुभयो ।

कम्युनिष्ट पार्टीको नाममा प्रचण्ड परिवारवादलाई लाद्ने प्रचण्ड–माधवद्वारा जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको प्रति सचेत हुन आम युवा तथा विद्यार्थीलाई आग्रह गर्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको एक झड्काले सिंहदरवार र सितलनिवासको कुर्सी तोकेर बसेका प्रचण्ड, माधव तथा झलनाथ खनाललगायतका नेतालाई माइतिघरको चिसो सडकमा बस्न बाध्य बनाईदिनुभएको बताउनुभयो ।

अधिनायकवादी प्रचण्डकै कारणले माओवादीका कार्यकर्ता भाग्ने क्रममा रहेको उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड तथा माधवको नेतृत्वमा पार्टी तहस नहस भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘अपमान भयो भन्ने माधव र भूमिका पुगेन भन्ने प्रचण्डले पार्टी एकताको तीन वर्षसम्म के गर्नुभयो ? कार्यकारी अध्यक्षको पद दिँदा म्यादी अध्यक्ष जस्तो भएर बस्नुभयो, एकता प्रकृयालाई टुङ्ग्याउन सक्नुभएन । पार्टीमा माधव–प्रचण्डलाई नभई नेकपाका कार्यकर्तालाई अपमान भएको, भूमिका विहिन बनाएको छ । पार्टीमा लामबन्द भएर लाग्ने कार्यकर्तालाई साधारण सदस्यता समेत दिन सकिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021