प्रम ओली नेतृत्वको सरकारद्वारा ‘राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति’

काठमाडौँ, १० माघ । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार तयार पारेको सरकारको वार्षिक प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने कार्यलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६-७७ मा सरकाबाट भएका कार्य तथा प्राप्त उपलब्धि र शासकीय सुधार एवं सुशासन सम्बन्धमा भएका कार्य समेटेर तयार पारिएको सो प्रतिवेदनमा राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयन कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीतिहरूको कार्यान्वयनबाट नीतिगत तथा कानुनी क्षेत्रमा व्यापक सुधार भएको छ । यसैगरी सोही अवधिमा सुगौली सन्धि एवं ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नावी, कुटी, गुन्जीलगायत कालीनदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरिएको छ । नेपालको संविधानको दोस्रो संशोधनबाट नेपालको अद्यावधिक नक्सा र निशान छापसमेत तदनुरूप परिवर्तन गरी प्रयोगमा ल्याइएको प्रतिवेदनमा जनाइएको छ । याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा