एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

चितवन, ८ माघ । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी बिहीबार अदालतमा बुझाइएको हो ।

उनका अनुसार चोरी, सवारी ज्यान, लागूऔषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० फागुन । म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेतृ आङ सान सुकीलगायत

एजेन्सी, १८ फागुन । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको

एजेन्सी, १८ फागुन । भारतको २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।  १० दिनअघिसम्म यस्ता १२२ जिल्ला

एजेन्सी, १८ फागुन । बेलायतलमा कोरोनाविरुद्धको खोपले कोरोनाबाट बिरामी हुने दर कारण ८० प्रतिशतभन्दा धेरै घटेको पाइएको छ । बेलायतमा खोप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021