बुटवल, ७ माघ । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ ।
प्रहरीका अनुसार गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।
घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।