आगलागीबाट चार घर नष्ट

राजविराज, ५ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन् ।

कंकालिनी २, सकरदहीका जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज बिहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिब २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए । स्थानीय बासिन्दा, वारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका सम्पूर्ण राजनीतिक पार्टी तथा राज्यका हरेक तहमा

गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही

ललितपुर, २४ फागुन । ललितपुरको महाँकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकाले अन्तरपालिका सहकार्य तथा समन्वय गर्ने भएका छन् । दुबै

भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021