ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा,५ माघ । झापाबाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाहलाई पक्राउ गरेको हो  ।

वेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । देवेन्द्रको बयानको आधारमा ब्राउन सुगरको स्थानिय डिलर संचालक गौरादह नगरपालिका–३ का लक्ष्मण दास र राम शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरादह नगरपालिका–१ बाट पक्राउ गरिएको हो ।

लक्ष्मण र राम शाहको साथबाट २३ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार साँझ मे ७प ९०८१ नम्बरको मोटरसाइकलमा लागु औषध बोकेर हिँडेको बेला पक्राउ परेका राम र लक्ष्मण प्रयोगकर्ता पनि हुन् । पक्राउ परेका उनीहरुलाई लागु औषधबिरुद्धको सचेतना अभियान र कारवाही आक्रामक रुपले अगाडी बढाएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त

झापा, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021