टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु, ५ माघ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति सोलुदुधकुण्ड नगरपालिका -११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको महादेव गित्ते भिरमा बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुदा धादिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटना परी मृत्यु भएकाको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले

काठमाडौँ, १६ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।  Exchange Rate

काठमाडौँ, १५ फागुन । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म

काठमाडौँ, १५ फागुन । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021