अराजकता बन्दै प्रचण्ड: बिध्वंस मच्चाउन युवा-विद्यार्थीलाई निर्देशन

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिध्वंस मच्चाउन युवा–विद्यार्थीलाई निर्देशन दिनुभएको छ ।

आफ्नो पार्टी निकट अनेरास्ववियूको उपत्यका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको भन्दै प्रचण्डले युवा विद्यार्थीले अव विध्वंस मच्चाउने आन्दोलन गर्नूपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस, ।’

प्रचण्डले अव शान्तिपूर्ण आन्दोलनले आफ्नो स्वार्थ तथा गुटको कुनै काम नहुने बताउनुभयो । कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री हुन नपाएकै कारण नेकपा बिभाजन गरेको तथ्य पनि प्रचण्डले स्वीकार गर्नुभयो । ‘मेरो कुर्सी ओलीले भाँचेकै दिनदेखि पार्टी एकता टुटेको हो,’ प्रचण्डको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नुभएको विषयलाई प्रचण्डले आफ्नो कुर्सी भाँचेको रुपमा ब्याख्या गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैङ्क  तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ ।  केन्द्रीय

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, १७ फागुन । आज सेयर बजारमा ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021