पाल्पा, ४ माघ । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाडका बुद्धि दराईलाई आइतबार बिहान पक्राउ गरेको हो ।
बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुद्धिलाई नियन्त्रणमा लिई उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।