भोली सार्वजनिक बिदा

जनकपुरधाम, ४ माघ । प्रदेश २ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

मधेश आन्दोलन स्मृति दिवस मनाउन भन्दै प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो । प्रदेश २ सरकार गठन भएपछि मधेश आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो ।यस पटकको मधेश आन्दोलन स्मृति दिवस प्रदेशको अस्थायी राजधानी जनकपुरधाममै मनाइने भएको छ ।

२०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेश आन्दोलन उग्र बनेको थियो । यही दिनको स्मरणमा प्रत्येक वर्ष मधेश बलिदानी दिवस मनाइँदै आएको छ । तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार बनेपछि सरकार आफैंले मधेश आन्दोलन स्मृति दिवस मनाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021