हत्या गरिएको अवस्थामा एक जनाको शव फेला

 काठमाडौँ, ४ माघ । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ ।

सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव फेला परेको हो । सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाको भन्ने खुलेको जनाइएको छ  ।

उक्त शव उनको घरभन्दा करिब साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिन्छ । टाउकोमा लागेको चोटका कारण नै उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याउने

काठमाडौँ, १८ फागुन । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहका नेता तथा कार्यकर्ताले जनताको मन जित्न नसकेपछि पुरानो

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरूको साथ लिएर बनाउने बताउनुभएको छ । मंगलबार

काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले  नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021