ट्याक्टरमा सुमो ठोक्किँदा एकजनाको मृत्यु

सप्‍तरी, ४ माघ । सप्‍तरीमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मृतकको नाम, थर र वतन भने नखुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको हो । दुर्घटनामा सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन् ।

उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भैरहेको छ । सुमो, ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021