मनकामनामा दर्शनार्थी बढ्दै

मुग्लिन, ४ माघ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ ।

कोरोनाभाइरसका कारण नौ महिना बन्द भई गत मंसिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकैदिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए ।

यसैबीच, शनिबार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन चार हजार ५०० ले केबलकार चढेको बताए । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार चार हजार ५०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको प्रदेशद्वार बटम स्टेसन चितवनको इच्छाकामना–४, चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021