काठमाडौँ, ३ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गरेको आरोपमा एक ५० वर्षीय एक पुरुसलाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका ९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।