प्रधानमन्त्री ओलीको प्रश्न: भगौडालाई किन सूर्य चिह्न चाहियो ?

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीले आज गरेको कार्यक्रममा बोल्दै उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललगायत नेताहरु केन्द्रीय कमिटीमा नआएर अध्यक्ष र महासचिवलाई थाहा नदिई निर्वाचन आयोग गएको बताए ।

उनले भने, “चुनाव चिह्न किन चाहियो ? चिह्न दाबी गरेकोले एकपटक पनि चुनाव लडेको छैन । सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस् । उनले चुनावी गठबन्धन गर्दा  नमानेकाले जनताले अर्कै चिह्नमा भोट हाल्नु परेको बताए ।
 
उनले अदालत र आयोगलाई काम गर्न नदिएको आरोप लगाए । उनले आफूले न्यायाधीशसँग भेट नगरेको जिकिर गरे । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले  हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए । ‘मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,’ उनले भने । 

उनले अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए । ‘किशोकिशोरी, युवायुवती, हाम्रा बाआमामा अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहुन्छु । त्यसलै हामीले थुप्रै काम गरिरहेका छौँ । बालबालिका चेहेरामा मुस्कान हुनुपर्छ । सरकारकारले अभिभावकको काम गर्नु पर्छ मैले भनेको छु,’ उनले भने ।

यस्तै उनले आगामी निर्वाचनबाट नै जनताले सही र गलतको फैसला गर्ने बताएका छन्। निर्वाचन नचाहनेहरू डराइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021