काठमाडौँ, ३ माघ । थप २ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ४ सय ७७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६१ हजार ४४ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ५७ जना पुगेको छ ।