दाङ, ३ माघ । दाङमा आगोमा जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
तुुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ वर्षीया मिनकला खड्काको उपचारका क्रममा गए राति साढे दश बजे पाल्पामा मृत्यु भएको हो ।
खड्का पुस १० गते बिहान घरमै अगेनामा खाना पकाउन बालेको आगो सारीमा सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन् । सारीबाट सल्केको आगोले खड्काका दुबै खुट्टा, ढाड लगाएका विभिन्न स्थानमा गहिरो घाउ खत भएको थियो ।