काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।