लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्ला, ३ माघ । जिल्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।

गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । 

उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021