भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याए प्रतिकारमा उत्रने माधव–प्रचण्डको चेतावनी

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई आफुहरुले नमान्ने चेतावनी सरकारलाई दिएको हो ।

प्रचण्ड–नेपाल समूहको पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतसँगको वार्ता अघि नबढाउन चेतावनी दिएको छ । भारतद्वारा सैन्य कब्जा गरी मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको जमिन फिर्ता ल्याउने साथै नेपालको निशान छापमा समावेश गरी संविधान समेत संशोधन गरिसकेको छ । उक्त नेपाली भूमि नेपाल सरकारले फिर्ता ल्याएमा तथा कुनै पनि सम्झौता गरेमा आफुहरुलाई मान्य नहुने भन्दै सरकारको प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।

बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता भीम रावलले भारत भ्रमणका क्रममा कुनै पनि सम्झौता नगर्न चेतावनी दिनुभयो । भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउने विषयमा सहमति गरिएमा त्यो वार्ता हाम्रा लागि अमान्य हुने र प्रतिरोधमा उत्रिने चेतावनी समेत उहाले दिनुभयो । सम्पूर्ण नेपालीले नेपालको भूमि भारतबाट फिर्ता ल्याउनुपर्ने माग गरेपनि प्रचण्ड–नेपाल समुहले भने सो भूमि फिर्ता ल्याएमा प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

उहाँले भन्नुभयो, ‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हकभोग कायम गर्न नेपाली जनता र संसदले एकमत भई भारतसँग सार्थक वार्ताका लागि आग्रह गर्दा त्यसतर्फ ध्यान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिएको एवं संविधानविपरीतका काम गर्दै सरकार कामचलाउ रूपमा रहेको हालको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्ने कार्य सन्देहपूर्ण छ । यस्तो स्थितिमा राष्ट्रिय हितमा आँच आउने कुनै सहमति, सम्झौता र कामकुरा नगर्न चेतावनी दिँदै त्यसो गरिएमा नेपाली जनताका लागि मान्य नहुने कुरा यो बैठक स्पष्ट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

काटमाठौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न

काठमाडौँ, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021