मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

कञ्चनपुर, २ माघ । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित वक्तृत्वकलामा पद्मकन्या माविको कक्षा दसकी जस्मिन भुजेल प्रथम हुनुभएको छ ।

काठमाडौँ, १४ फागुन । काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  गएराती नाम्चेखानीबाट फर्पिङका लागि छुटेको

भैरहवा, १४ फागुन । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई

काठमाडौँ, १४ फागुन । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021