काठमाडौँ, १ माघ । थप ४ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ४ सय ५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६० हजार १ सय ७७ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ४३ जना पुगेको छ ।