प्रचण्ड र माधवले गंभिर अनैतिक कार्य गरेको उपाध्यक्ष गौतमको खुलासा

काठमाडौँ, १ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अनैतिक कार्य गरेको खुलासा गर्नुभएको छ ।

पत्रकार भुषण दाहालसँगको अन्तर्वार्तामा नेता गौतमले प्रचण्ड माधवले गंभिर गल्ती गरेपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर प्रतिनिधिसभा बिघटन गर्नुभएको उल्लेख गर्नुभयो । पार्टीको प्रथम अध्यक्षलाई जानकारी नै नदिएर प्रचण्ड र माधवले अबिश्वासको प्रस्ताव लगेकोले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको तथ्यलाई कसैले छोप्न नसक्ने पनि उपाध्यक्ष गौतमले बताउनुभयो ।

नेता गौतमले माधव नेपाल र प्रचण्ड सात महिना अघि देखि नै प्रधानमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव लैजाने गृहकार्यमा रहेको र आफूले असफल बनाएपछि जानकारी नै नदिएर प्रधानमन्त्रीबिरुद्ध संसदमै अबिश्वासको प्रस्ताव लगेर अनैतिक काम गर्नुभएको बताउनुभयो ।

गौतमले भन्नुभयो, ‘अबिश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड र माधव नेपालले नलगेको भए केपीले त्यो कदम (प्रतिनिधिसभा बिघटन) चाल्नुहने थिएन, उहाँहरुले अबिश्वासको प्रस्ताव लैजानुभयो । केपीका सूचना संयन्त्रहरुका कारण उहाँले थाह पाएर दर्ता गर्नुभन्दा पहिला नै कदम चालिदिनुभयो । पार्टी अध्यक्षबाट नहटाइकन प्रधानमन्त्रीबाट हटाउन अबिश्वासको प्रस्ताव राख्न मिल्दैन, यो अनैतिक काम हुन्छ, प्रचण्ड माधवले त्यही अनैतिक काम गर्नुभयो ।’

अबिश्वासको प्रस्ताव लैजानुअघि पार्टीकोनिर्णय अनिवार्य हुनुपर्नेमा प्रचण्ड र माधवले त्यो काम पनि नगरेको र कुनै पनि कमिटीबाट प्रधानमन्त्रीलाई राजीनामा दिने निर्णय नभएको बताउनु भयो । संसदमा अबिश्वासको प्रस्तावअघि संसदीय दलमा जानुपर्ने काम पनि प्रचण्ड र माधवबाट नभइ हठात अबिश्वासको प्रस्ताव लगेको गौतमले बताउनुभयो । नेता गौतमले नेकपा बिभाजन भइसके पनि बिभाजनको औचित्य भने कसैले पुष्टि गर्न नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।