हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सोलुखुम्बु, २९ पौष । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । 

मङ्गलबार वडा नं ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लागिएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको जन्म भए पनि अर्को शिशुको जन्म हुन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको महिलाको अहिले काठमाडाँैको केएमसी अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई