सासु/ससुराको नाउँमा क्यान्सर पीडितलाई लक्ष्मीको सहयोग

काठमाडौँ, २४ पौष । समाजमा वुहारी भन्ने वितिक्कै सासु÷ससुराको र सासु÷ससुरा भन्ने वितिक्कै वुहारीको दृष्टिकोण प्रायः नकारात्मक पाइन्छ । तर चाँगुनारायण नगरपालिका, छायाँवस्ती, छालिङ्ग स्थायी घर भई हाल जापानको तायोहाशी शहरमा व्यवसाय गर्दै आएकी लक्ष्मी थापा मगरको हकमा भने यो भनाई अपवाद ठहर्छ ।

अरुको दुःख प्राय हेर्न नसक्ने र सानै भएपनि सहयोग गर्न पछि नहट्ने लक्ष्मीले छालिंग, छायाँवस्ती घरमा रहेका आफ्ना वृद्धा सासु तोयत कुमारी र वृद्ध ससुरा रेबा बहादुर थापा मगरको नाउँमा समर्पित गर्दै कान्ति अस्पतालमा उपचार गराईराखेकी रक्त क्यान्सर पीडित ५ वर्षिया स्नेहा दर्नालको उपचारको लागि १६ हजार रुपैयाँ आर्थिक सहयोग गरीन् । ससुरा रेबा बहादुर थापामगरको केही महिना अघि ८४ पुजा गरिएको थियो ।

आफ्नो पुरानो साथी वरिष्ठ पत्रकार बलराम प्यासीमार्फत उनले सो रकम जापानबाट रक्त क्यान्सर पीडित वालिकाको उपचारको लागि पठाएकी थिइन् । पत्रकार प्यासीले सो रकम शुक्रबार नै विरामी वालिकाकी ममी कविता दर्नाललाई अस्पतालमै गएर हस्तान्तरण गरेका थिए ।

सामाजिक कार्यमा आफ्ना सासु/ससुराको संलग्नता रहोस भनेर आफुले त्यसो गरेको लक्ष्मीले बताईन् । पत्रकार प्यासी मार्फत नै समाजसेवी लक्ष्मीले गतवर्षको फागुनमा नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा गालाको क्यान्सर भई जटिल अवस्थामा रहेका ४० वर्षिय अलिम मियाँ कवाडीको उपचारको लागि २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन् । कवाडीको क्यान्सरको उपचार सफल भई उनी कामकाजमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध