मन्त्री नेम्वाङ्गको भट्टराईलाई प्रश्नः चुनावमा जिताउन प्रम ओलीले बोल्नु भएको शब्द विर्षनुभयो ?

काठमाडौँ, २४ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूलो कम्युनिष्ट पार्टी बनाएर जनताको विकास र समृद्धिको चहानाहरुलाई अगाडि बढाउन खोजे पनि पार्टीकै नेताहरुका कारण अधुरो रहेको बताउनु भएको छ ।

ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चको धुमबाराहीमा भएको पूर्नगठन भेलालाई सम्बोधन गर्दै ७२ वर्षको इतिहासमा नेपालमा पहिलो ठूलो कम्युनिष्ट पार्टी बनेको र उक्त पार्टीको बहुमतको सरकारले देशलाई विकास र स्थिरतातर्फ लैजादै गर्दा अवरोध भएको बताउनु भएको हो ।

मन्त्री नेम्बाङ्गले सरकारले ५ लाख युवालाई रोजगार सृजना गर्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले पार्टीको घोषणा पत्र अनुरुप सरकारले काम गरेका समेत बताए । उहाँले भन्नुभयो, ‘सरकार निर्माण भएको तीन वर्षमा स्वास्थ्यका क्षेत्रमा ७७ वटै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम अगाडि बढाएको छ । देशभरी ३ सय ९६ आधारभूत स्वास्थ्य चौकी शिलान्यस भएर निर्माण कार्य सुरु भएको छ ।’

उहाँले देशभर यो आर्थिक बर्षमा डेढलाख फुसको छाना हटाइने र तीन बर्षभित्र देशका सबै फुसको छाना हटाइसकिने बताउनुभयो ।

अर्को एक प्रसंगमा मन्त्री नेम्बाङले पूर्वमन्त्री योगेशकुमार भट्टराईलाई संकेत गर्दै कसै ककैले ताप्लेजुङलाई मिसिङ गरेको समेत बताउनुभयो । नेम्बाङ्गले विभाजनकारी खेमामा लागेर उल्टै सरकारको विरोध गर्न थालेको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले ताप्लेजुङमा पुगेर जनतालाई भोट माग्दै भट्टराई योग्य मान्छे रहेको बताएको समेत उहाँले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘ताप्लेजुङवासीले सम्मान र माँया गर्नुभयो समृद्ध नेपाल सुखि नेपाली बनाउने चाहाना व्यक्त गर्नुभयो तर उहाँ सरकारकाविरुद्ध लाग्नुभयो ।’

निर्वाचनको समयमा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै योगेश भट्टराईलाई निर्वाचनमा जिताए ताप्लेजुङको विकास साथै भट्टराईलाई मन्त्री बनाउने उद्घोष गरिदिनुभएको थियो । सोही बचन अनुरुप प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री समेत बनाइदिनुभएको छ ।

त्यस्तै प्रदेश नं. १ सम्पर्क कमिटीका अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री एककिृत पार्टी बनाउन अभियान सुरु भएर सुरुमा एउटै चुनाव चिन्हमा लडौ भन्दा भिन्नाभिन्नै चिन्हमा लडेको बताउनु भयो । सरकार गठनको बेलामा मन्त्रीको नाम दिने क्रमदेखि नै खोचे थाप्न भएको गर्नुभयो ।

मिङ्माकामी शेर्पाको अध्यक्षतामा ५७ सदस्य नेकपा ताप्लेजुङ काठमाडौँ आयोजक सम्मेलन कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ माघ । विश्वमा कोरोनाबाट बितेको २४ घण्टामा १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ ।   यसअघि माघ

एजेन्सी, ७ माघ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आज सपथ लिदै छन । गत नोभेम्बर ३ मा अमेरिकामा

ब्युनस आयर्स, ६ माघ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका

एजेन्सी, ६ माघ । भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किच्दा १३ जनको मृत्यु भएको छ । प्रहरीका अनुसार ती