काठमाडौँ, २४ पौष । प्रधानमन्त्री केपी ओलीले पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी आगामी निर्वाचनमा दुई अंकवाला सिट जितेर देखाउन चेतावनी दिनुभएको छ ।
सुदुरपश्चिमको धनगडीमा आयोजित विशाल भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव गुटले देशभर १० सिट जितेर देखाउन चुनौति दिनुभयो । जनतालाई अबका दिनमा झुटा कुरा गरेर विश्वास जित्ने दिन समाप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट, राष्ट्रघाती, परिवारवादी व्यक्तिहरु पार्टीबाट भागेको बताउनुभयो ।
प्रचण्ड–माधवलाई लक्षती गर्दै उहाँले भन्नुभयो, ‘पिलो निचोर्दैमा मानिसको वजन घट्दैन । ुदई चार जना टुक्रिएर गएका छन् । नेकपामा भएको फोहोर अब सफा भएको छ । जसले गर्दा आगामी दिनमा आफु नेतृत्वको सरकारले विकासका फोहोरलाई सफा गरेको छ । अब विकास र समृद्धिको यात्रामा रोक्ने कोही छैन । जनतको विकास प्रतिको शदियौं देखीको सपना पुरा गर्नेछौं ।’
झुट बोलेर भ्रम छर्नुभन्दा पनि बोलेको कुरा गरेर देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओली सुदुरपश्चिमका विकास विरोधीहरु पार्टीबाट भागेको उल्लेख गर्नुभयो । डा. भिम रावललाई लक्षीत गर्दै उहाँले सुदुरपश्चिम प्रदेशको विकास विरोधी नेता भिम रावल भएको बताउनुभयो ।