हुम्लामा एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

सिमकोट, २४ पौष । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ । आगलागी भएको सोही घरमा किराना पसल रहेको हुँदा पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

खार्पुनाथ प्रहरी चौकीका पाँच जनाको टोली र स्थानीयवासीले आगो निभाएको प्रहरी जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ भने अन्य मानवीय र पशुचौपायको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । हुम्लामा पछिल्लो समय आगलागीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक