सि–माला र पहेँलो धातु लुट्ने४ जना पक्राउ

काठमाडौँ, २४ पौष । ललितपुरको च्यासल बस्ने धन कुमारी ठकुरीको घरबाट  सिमाला, पहेँलो पत्थर, पहेँलो टल्किने पत्थर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पौष १३ मा ५७ वर्षीया धनकुमारीको कोठामा आएका अपरिचित ३ जना युवती र एक युवाले लोभ देखाएर  उनीसँग भएको दुई थान सिमाला, पहेँलो पत्थर, पहेँलो टल्किने पत्थर र १४ थान पुराना सिक्का लुटेर भागेका थिए  । 

लुटपाटमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका भरत मगर, ताप्लेजुङ घर भएकी २८ वर्षीया निर्मला राई, ताप्लेजुङकी सुस्मिता डिम्डोङ र ललितपुर घर भएकी ३० वर्षीया लबिन लामा छिन् ।

आरोपीहरुलाई च्यासलबाट पक्राउ गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । सशस्त्र

एजेन्सी, ९ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो

काठमाडौँ, ९ माघ । प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।

काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६