राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपतिलाई बधाई

काठमाडौँ, २४ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा गी पार्मेलिनलाई बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई बिहिबार सन्देश पठाएर उहाँप्रति बधाई ज्ञापन गर्नुभएको हो । 

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ ।

उहाँले  आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।